शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भालुको आक्रमणमा परेर एक युवती घाइते


    हुलाक प्रेस

    • सोमबार, जेठ १४ २०८१०८:४३
    भालुको आक्रमणमा परेर एक युवती घाइते

    काठमाडौं । नवलपरासीको बर्दघाटमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते भएकी छन् ।

    बर्दघाट नगरपालिका- २ संसारकोट निवासी ओमबहादुर खाम्चाकी श्रीमती २५ वर्षीया खिममाया खाम्चा आइतबार दिउँसो स्थानीय जंगलमा गएको बेला भालुको आक्रमणमा परेकी प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराले दिएको जानकारी अनुसार खिममाया आइतबार दिउँसो साढे १ बजे आफ्नो घरबाट झण्डै दुई किलोमिटर पूर्वतर्फ रहेको जंगलमा निउरो टिप्न जाँदा भालुले आक्रमणमा परेकी हुन् । भालुले चिथोर्दा उनको अनुहारमा गम्भीर चोट लागेको छ । 

    उनलाई सुरुमा पचारको लागि आफन्तले चिसापानी अस्पताल चिसापानी लगेका थिए । त्यहाँ सामान्य उपचार पश्चात उनलाई आइतबार साँझ थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ । 


    प्रतिक्रिया दिनुहोस