बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ४० लाख बढी कमाउनेलाई ३९ प्रतिशतसम्म कर लगाउँदै सरकार


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०८:१३
    ४० लाख बढी कमाउनेलाई ३९ प्रतिशतसम्म कर लगाउँदै सरकार

    काठमाडौं । जागिर खानेहरुसँग ३९ प्रतिशतसम्म आयकर लिने गरेको सरकारले आगामी आर्थिक वर्षदेखि विभिन्न लगानी गर्दै वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने प्राकृतिक व्यक्तिसँगसमेत ३९ प्रतिशत कर लिने तयारी गरेको छ ।

    अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार नियमित रुपमा सेयर र घर जग्गा कारोबार, मुद्दती निक्षेप लगायतबाट वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई अनिवार्य रुपमा आय विवरण बुझाउन लगाउँदै करको दायरामा ल्याउने तयारी गरिएको हो ।

    हाल कम्पनीमार्फत सेयर बजार घरजग्गा लगायतका विभिन्न क्षेत्रमा लगानी गर्नेहरुले २५ प्रतिशत संस्थागत आयकर तिर्दै आएका छन् । सेयर कारोबारका बखत तिरिने करलाई अग्रिम करको रुपमा गणना गर्ने गरिन्छ । प्राकृतिक व्यक्तिका हकमा भने अग्रिम करलाई नै अन्तिम मानिँदै आएको छ ।


    प्रतिक्रिया दिनुहोस