काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट-९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी औबर्दघाट-सुस्तापूर्वओ का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेकाले हटाउने काम भइरहेको उनले बताए ।
भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।
ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किँदा यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए । रासस