काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले २० अर्ब रुपैयाँ लाइसेन्स नवीकरणको लागि बुझाउनुपर्ने भए पनि सोमबार सम्ममा ३ अर्ब ४० करोड र त्यसको भ्याटसहित कुल ४ अर्ब रुपैयाँ बुझाएको छ ।
एनसेलले ४ अर्ब रुपैयाँ बुझाएर लाइसेन्स नवीकरण गरिदिन नेपाल दूरसञ्चार प्राधिरकणसमक्ष पत्र पेश गरेको छ । एनसेलले किस्ताबन्दीको सुविधा माग गर्दै वार्षिक ४ अर्ब रुपैयाँ बुझाउने भन्दै पाँच किस्ताको सुविधा माग गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिरकणले भने एनसेले बुझाउनुपर्ने २० अर्ब रुपैयाँ एकमुष्ट बुझाउन र किस्ताबन्दीको सुविधा दिन नसकिने भन्दै पत्र काटेको छ ।
आज गणतन्त्र दिवसको बिदा परेकोले एनसलेले भोलि बुधबासम्ममा थप रकम तिरेर इजाजतपत्र नवीकरण गर्न सक्ने प्राधिकरणका सहकायक प्रवक्ता प्रदीप पौडेलले बताए ।