शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  •  सिरोहियालाई स्वास्थ्यमा थप समस्या आएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटी अस्पतालमा उपचार हुँदै


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०४:२५
     सिरोहियालाई स्वास्थ्यमा थप समस्या आएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटी अस्पतालमा उपचार हुँदै

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई स्वास्थ्यमा थप समस्या आएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

    जनकपुरमा उपचार सम्भव नभएपछि चिकित्सकको सुझावमा उनलाई मंगलबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको हो । 
    कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले सिरोहियाको उपचार मेडिसिटीमै हुने बताए । 

    नागरिकता प्रकरणमा सिरोहियालाई गत मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि म्याद थप्ने आदेश दिएसँगै उनी प्रहरीको हिरासतमा छन् । तर स्वास्थ्यमा समस्या आएपछि उनी जनकपुरको काव्या अस्पताल  भर्ना भएका थिए ।

    त्यहाँ पनि उनको उपचारमा समस्या भएपछि थप उपचारको लागि सिरोहियालाई काठमाडौं ल्याइएको हो । 


    प्रतिक्रिया दिनुहोस