शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०५:१५
    पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
    बर्दिया । पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
     
    कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस