बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सहकारी अनियमितता प्रकरण

    संसदीय छानबिन समितिमा कांग्रेसले पठायो पाण्डे र न्यौपानेको नाम


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०६:१४
    संसदीय छानबिन समितिमा कांग्रेसले पठायो पाण्डे र न्यौपानेको नाम

    काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धमा बन्ने संसदीय छानबिन समितिका लागि आफ्नो तर्फबाट सभामुखलाई नाम बुझाएको छ ।

    कांग्रेसले सहमहामन्त्री बद्री पाण्डे र सांसद ईश्वरी न्यौपानेको नाम दिएको हो । ७ सदस्यीय छानबिन समितिमा कांग्रेस र एमालेका तर्फबाट २–२, माओवादी, रास्वपा र राप्रपाका एक–एक सदस्य रहने छन् ।

    मंगलबार साँझ बस्ने प्रतिनिधि सभा बैठकले संसदीय छानबिन समिति गठन गर्दैछ ।


    प्रतिक्रिया दिनुहोस