बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बजेट २०८१/०८२

    सरकारले सबै सेवा राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्ने


    हुलाक प्रेस

    • मंगलबार, जेठ १५ २०८१०६:२१
    सरकारले सबै सेवा राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्ने

    काठमाडौं । सरकारले सबै सेवा राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्ने भएको छ।

    आगामी वर्षको बजेटमा राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने घोषणा गरिएको छ।

    राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आवद्व गर्दै लैजाने अर्थमन्त्री वर्षमान पुनले बताए।

    सरकारले भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमति पत्र, बैंकिङ, निवृत्तभरण व्यवस्थापन र स्वास्थ्य बीमालाई क्रमश राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्दै छ।


    प्रतिक्रिया दिनुहोस