शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • तेन्जिङ र हिलारीले सगरमाथामा पाइला टेकेको सात दशक पूरा


    हुलाक प्रेस

    • बुधबार, जेठ १६ २०८१०८:१८
    तेन्जिङ र हिलारीले सगरमाथामा पाइला टेकेको सात दशक पूरा

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । 

    मानव र सगरमाथा बिचको सामीप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो । नेपाल सरकारले  सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रूपमै दिवसका रूपमा मनाउन निर्णय गरेको थियो । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरूले आजको दिनलाई विशेष मान्छन् ।

    सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दो छ । 

    पर्यटन विभागले यो वर्ष (२४ वैशाख) सम्म वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएको  जनाएको छ । 

    अघिल्लो वर्ष भने हालसम्मकै सर्वाधिक ४७८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस