बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुक्खायामको मागलाई पूर्ति गर्न २५ सय मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गरिने


    हुलाक प्रेस

    • बुधबार, जेठ १६ २०८१०८:३९
    सुक्खायामको मागलाई पूर्ति गर्न २५ सय मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गरिने

    काठमाडौं । सरकारले सुक्खायामको मागलाई पूर्ति गर्न २ हजा्र ५६७ मेगावटाका ४ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत सुक्खा यामको मागलाई पूर्ति गर्न ४ वटा जलविद्युत आयोजना निर्माण सुरु गरिने बताएका हुन् ।  

    जसअन्तर्गत १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाट क्षमताको नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना तथा २८० मेगावाट क्षमताको नौमुरे बहुउदेश्यीय जलविद्युत् आयोजना रहेका छन् ।

    त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लगानीमा कुल १४७.८ मेगावाटका दुईवटा आयोजना निर्माण गरिने भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा जलविद्युत् आयोजना निर्माण सुरु गरिने जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस