काठमाडौं । गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा सभामुख कृष्ण धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि त्यस कदम विरुद्ध कांग्रेस सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट लिएको विश्वासको मत बदर गर्दै सुरेन्द्रराज पाण्डेलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सो परमादेस जारी भएको थियो । पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रकृयाबाट मुख्यमन्त्री नियुक्त कार्य सम्पन्न गर्नु भनी प्रत्यर्थी गण्डकी प्रदेशका प्रमुखसमेतको नाममा परमादेश आदेश जारी गरेको थियो ।