बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा कति छुट्याइयो बजेट ?


    हुलाक प्रेस

    • बुधबार, जेठ १६ २०८१०९:५८
    राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा कति छुट्याइयो बजेट ?

    काठमाडौं । सरकारले राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका लागि आगामी आर्थिक वर्ष २०८१/०८२ का मा १ करोड ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

    मंगलबार संघीय संसदमा बजेट पेस गरेका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्दै देशका दुई सर्वोच्च निकायमा एक वर्षमा १ करोड ४९ लाख रुपैयाँ खर्चको अनुमान गरेका हुन् ।

    संघीय सञ्चित कोषमाथि व्यभार हुने अनुमानको खर्च शीर्षकगत विवरणमा उल्लेख भए अनुसार राष्ट्रपति कार्यालयका लागि आगामी आर्थिक वर्षका लागि ८१ लाख र उपराष्ट्रपतिका लागि ६८ लाख रुपैयाँको व्ययभार हुने अनुमान प्रस्तुत गरेका हुन् ।

    चालु आर्थिक वर्षमा राष्ट्रपतिका लागि ९७ लाख र उपराष्ट्रपतिका लागि ६२ लाख संशोधित अनुमान पेस भएको थियो ।

    आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपतिका लागि ८९ लाख रुपैयाँ यथार्थ खर्च भएको थियो भने उपराष्ट्रपतिका लागि ५५ लाख रुपैयाँ खर्च भएको थियो ।

    राष्ट्रपति शीर्षकमा पदाधिकारी, पदाधिकारी तथा अन्य सुविधा, पदाधिकारी अन्य भत्ता, इन्धन(पदाधिकारी),मसलन्द तथा कार्यालय सामग्री, इन्धन-अन्य प्रयोजन, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च र विविध खर्च शीर्षकमा आगामी आर्थिक वर्ष ८१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको हो ।


    प्रतिक्रिया दिनुहोस