बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बजेटबाट सुरुङमार्ग हटाइयो, पूर्वअर्थमन्त्रीको योजनामा अर्थमन्त्री बर्षमानले लगाइदिए ब्रेक


    हुलाक प्रेस

    • बिहीबार , जेठ १७ २०८१०७:१८
    बजेटबाट सुरुङमार्ग हटाइयो, पूर्वअर्थमन्त्रीको योजनामा अर्थमन्त्री बर्षमानले लगाइदिए ब्रेक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ सालमा भाषण गर्दै २०८० साल नेपाल सुरुङ युगमा प्रवेश गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार सुरुङको प्रक्रिया अघि बढेपनि यो पटकको बजेटमा भने सुरुङमार्गले प्राथमिकता पाउन सकेन । 

    सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सडक पूर्वाधार निर्माण अन्तर्गतका सुरुङमार्गलाई वेवास्ता गरेको छ । दुई वर्षअघि मात्रै देश सुरुङ युगमा प्रवेश गरेको भन्दै प्राथमिकता दिन थालेका यस्ता पूर्वाधार आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा भने परेनन् ।

    डा प्रकाशशरण महत अर्थमन्त्री भएको बेला प्रस्तुत भएको बजेटले अगाडि सारेको टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यत अध्ययन सकिएकोले आयोजना प्रतिवेदन र वातावरणीय अध्ययन सकेर चालु आर्थिक वर्षमै निर्माण कार्य अगाडि बढाउने घोषणा गरेका थिए ।

    महतले चालु आर्थिक वर्षको लागि यो सुरुङमार्ग बनाउन १ अर्ब रुपैयाँको बजेट नै विनियोजन गरेका थिए । यो रकम खर्चको प्रक्रिया नै अगाडि बढेन । उक्त सुरुङमार्ग एक चिनियाँ कम्पनीसँग निर्माण गर्ने विषयमा सम्झौतासमेत भएको भए पनि बजेट खर्च भने हुन सकेको छैन ।

    गतवर्ष अगाडि सारिएका र निर्माण चरणमा प्रवेश गर्न नसकेको यो सुरुङमार्गलाई अर्थमन्त्री वर्षमान पुनले खोसेका छन् । आगामी आर्थिक वर्षको लागि निरन्तरता दिन प्रस्ताव भएको यो सुरुङले वर्षमानको बजेटमा ठाउँ पाउन सकेन ।


    प्रतिक्रिया दिनुहोस