शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुर्खेतमा जीप दुर्घटनाः रुखमा अड्किएको अबस्थामा दुई शव फेला


    हुलाक प्रेस

    • बिहीबार , जेठ १७ २०८१०७:२२
    सुर्खेतमा जीप दुर्घटनाः रुखमा अड्किएको अबस्थामा दुई शव फेला

    सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुईजनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ । दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुयाइएको छ । 

    दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो । रासस


    प्रतिक्रिया दिनुहोस