शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • घोडाघोडीमा नयाँ प्रजातिको लालचुच्चे ठेउवा भेटियो


    हुलाक प्रेस

    • बिहीबार , जेठ १७ २०८१०७:३५
    घोडाघोडीमा नयाँ प्रजातिको लालचुच्चे ठेउवा भेटियो

    घोडाघोडी (कैलाली) । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । 

    घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ । 

    घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण संघका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार यो प्रजातिको चरा भारत र बंगलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् । यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको संख्या ३८१ पुगेको छ । 

    गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, संख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण संघको समन्वयमा चरा गणना गरिएको हो । रासस


    प्रतिक्रिया दिनुहोस