शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भीमफेदी कार दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो


    हुलाक प्रेस

    • बिहीबार , जेठ १७ २०८१०२:०६
    भीमफेदी कार दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
    मनहरी, मकवानपुर।  मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।
     
    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीनमहिने छोरी अजिता भित्रीकोटीको मृत्यु भएको हो । नेपालीलाई उपचारका लागि बुधबार राति हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए । 
     
    दुर्घटनामा परी मृत्यु भएका कारका चालक काठमाडौँ चन्द्रगिरि नगरपालिका–१ दहचोक बस्ने ६१ वर्षीय सानु परियार रहेको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा६च ९३७९ नम्बरको कार बुधबार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको हो ।
     
    दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका–८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरस्थित सहकारी अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए । कार सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #accident
  • # #death
  • प्रतिक्रिया दिनुहोस