शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • रसुवाको लाङसिसामा ट्रेकिङ गएका व्यक्तिको लेक लागेर मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, जेठ १८ २०८१०७:२०
    रसुवाको लाङसिसामा ट्रेकिङ गएका व्यक्तिको लेक लागेर मृत्यु

    काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४, लाङसिसामा ट्रेकिङ गएका एक जनाको लेक लागेर मृत्यु भएको छ । 

    मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का २४ वर्षीय विजय तामाङ रहेका छन् । समुन्द्र सतहदेखि करिब ५६०० मिटरमा रहेको लाङसिसामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    उनको मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङबाट प्रहरी घटनास्थलमा पुगेको थियो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस