शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • तराईमा तातो हावाको लहर चल्न सक्छ सजग हुनुः मौसम विभाग


    हुलाक प्रेस

    • शनिबार, जेठ १९ २०८१०८:५०
    तराईमा तातो हावाको लहर चल्न सक्छ सजग हुनुः मौसम विभाग

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ ।

    पछिल्लोपटक जेठ १९ र २० गते दुई दिन तातो हावाको लहर चल्ने चेतावनी जारी भएको छ । यसअघि महाशाखाले तीन-तीन दिन तातो हावा चल्ने चेतावनी जारी गर्थ्यो ।

    विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुनेछन् ।

    पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।


    प्रतिक्रिया दिनुहोस