शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बंगलादेशी सांसदको हत्या आरोपी हुसेन नेपालबाट पक्राउ !


    हुलाक प्रेस

    • आइतबार, जेठ २० २०८१०९:५३
    बंगलादेशी सांसदको हत्या आरोपी हुसेन नेपालबाट पक्राउ !

    काठमाडौं । बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ । हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

    उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए । भारतीय प्रहरीलाई उद्धृत गर्दै मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो ।

    नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो । उनी गत बिहीबार नै पक्राउ परेको समाचारमा उल्लेख छ । हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ ।

    यसैबीच, ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च (डीबी)को चार सदस्यीय टोली शनिबार बिहान नै ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेको ढाका ट्रिब्युनको समाचारमा उल्लेख छ ।

    डीबीका प्रमुख अतिरिक्त कमिस्नर हारुनोर रशिदले आफूहरूले हुसेनलाई नेपालमा पक्राउ गरेको जानकारी पाएको बताएका छन् । सांसद अनारको हत्यामा संलग्न रहेको आरोप लागेका अन्य अभियुक्त पनि हत्यापछि नेपाल आएको आशंका गरिएको छ ।

    सांसद अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन् । उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ बाट चुनाव जितेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस