बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची


    हुलाक प्रेस

    • सोमबार, जेठ २१ २०८१०८:५०
    संसद् बैठक बस्दै, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । 

    संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ ।

    आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ । 

    त्यसैगरी बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डले जानकारी दिए । संघीय संसदमा जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमाथिको छलफल भोलिसम्म सक्ने तयारी छ । 

     


    प्रतिक्रिया दिनुहोस