शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ६० केजी सुन तस्करी प्रकरणः दोस्रो चरणको अनुसन्धानमा चार भारतीयसहित ९ जना पक्राउ


    हुलाक प्रेस

    • सोमबार, जेठ २१ २०८११०:०९
    ६० केजी सुन तस्करी प्रकरणः दोस्रो चरणको अनुसन्धानमा चार भारतीयसहित ९ जना पक्राउ

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान निम्ति प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पक्राउमा परेका नौमध्ये चारजना भारतीय सुन व्यवसायी छन् ।

    पक्राउ पर्नेहरूमा भारत गुजरातका बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भन्ने सिद्धनाथ अशेक गायकवाड, सोहीका दिनेश भन्ने धिरज दिनेश वैटे छन् ।

    त्यस्तै सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपालीमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिकाका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री, काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका कान्छामान लामा छन् । एक जना तिब्बती नागरिक गंगा टासीलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको छ ।

    सरकारद्वारा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो । गृहमन्त्रालय स्रोतका अनुसार, सुन पसल सञ्चालन गरी अवैध कारोबारमा संलग्न रहेको खुलेपछि उनीहरूलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरिएको हो । 


    प्रतिक्रिया दिनुहोस