बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालेनको बिहानको त्यो स्टाटस पछि साँझमा ओलीको पोष्टमा भने- गुड नाइट केपी बा !


    हुलाक प्रेस

    • सोमबार, जेठ २१ २०८११०:२८
    बालेनको बिहानको त्यो स्टाटस पछि साँझमा ओलीको पोष्टमा भने- गुड नाइट केपी बा !

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार बिहान नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा एउटा पोस्ट राखे ।

    जहाँ उनले ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको आरोप लगाएका थिए ।

    खासमा उनले न्युरोडमा महानगरले विस्तार गर्न लागेको फुटपाथ निर्माणमा अवरोध गरेको विषयलाई लिएर आक्रोश पोखेका थिए ।

    “यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ,” बालेनले लेखेका थिए ।

    उनले त्यतिमात्र भनेन् । "...अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद,” उनले लेखेका छन् ।

     

    सोमबार अपराह्न संसद् भवन परिसरमा सञ्चारकर्मीले ओलीलाई गिरीबन्धु टी–स्टेटको विषमा प्रश्न गरे । तर, आक्रोशित देखिएका ओलीले संक्षिप्त जवाफ दिए– बालेनलाई सोध्नू ।

    सोमबार साँझतिर ओलीले पत्नी राधिका शाक्यसँगको फोटो फेसबुकमा राख्दै आफूले एक हप्तादेखि सामाजिक सञ्जाल नचलाएको बताएका छन् ।

    "फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ । राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो । यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुभरात्रि ।"

    ओलीको पोस्ट मेयर बालेनले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, "ओहो ! गुडनाइट केपी बा, ह्याभ अब स्विट ड्रिम ।"

    kp status.jpg

     


    प्रतिक्रिया दिनुहोस