बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमबाप्पे र रियल मड्रिडबीच पाँच वर्षको सम्झौता


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०६:५७
    एमबाप्पे र रियल मड्रिडबीच पाँच वर्षको सम्झौता

    काठमाडौं । फ्रान्सका फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धित भएका छन् ।

    रियालले सोमबार राति सामाजिक सञ्जालमार्फतमा एमबाप्पेलाई क्लबले अनुबन्ध गरेको जनाएको हो । रियालले एमबाप्पेसँग पाँच वर्षका लागि सम्झौता गरेको उल्लेख गरेको छ । 

    २३ वर्षीय एमबाप्पे ६ वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्धित थिए । यस सिजनको अन्त्यसँगै सम्झौता समाप्त भएपछि उनले पीएसजीको सम्झौता नवीकरण नगरी टुंग्याएका हुन् । 

    उनले पीएसजीबाट १७८ खेल खेल्दा १६२ गोल गरेका छन् । त्यसअघि उनले सन् २०१५ देखि २०१८ सम्म मोनाकोबाट व्यावसायिक फुटबल खेलेका थिए ।


    प्रतिक्रिया दिनुहोस