बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक १४ २०८०११:०४
    जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

    जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

    बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।

    उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता श्रीमान् वृषबहादुरले बताए । रासस


    प्रतिक्रिया दिनुहोस