शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०८:०२
    विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । 

    राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । 

    उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।  राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरे ।

     


    प्रतिक्रिया दिनुहोस