बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०८:४०
    भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने

    काठमाडौँ । भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने भएको छ । यससँगै भारतमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो लाग्नेछ ।

    सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु हुनेछ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ ।कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ । 

    प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६.८ करोड दर्ता भएका मतदातामध्ये ६४.२ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताएका थिए ।

    जसमध्ये महिला मतदाताको सङ्ख्या ३१.२ करोड रहेको छ । औसतमा कुल मतदान ५८ दशमलव ५८ प्रतिशत भएको छ । राजीव कुमारकाअनुसार यस सम्पूर्ण प्रक्रियामा १.५ करोड चुनावी कर्मचारी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। १७ औँ लोकसभाको कार्यकाल १६ जुनमा सकिँदै छ। 


    प्रतिक्रिया दिनुहोस