बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मोदीले बाराणसीबाट चुनाव जिते


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०६:१४
    मोदीले बाराणसीबाट चुनाव जिते

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् ।

    बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् । तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए ।

    मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ । जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि छ ।


    प्रतिक्रिया दिनुहोस