शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आज विश्व वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइँदै


    हुलाक प्रेस

    • बुधबार, जेठ २३ २०८१०९:०९
    आज विश्व वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज विश्व वातावरण दिवस- २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाउन लागिएको हो।

    संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ।

    सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो।

    त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ।


    प्रतिक्रिया दिनुहोस