बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनसेलको रिटमा पूर्ण सुनुवाइका लागि जेठ २९ गतेका लागि पेशी तोकियो


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २५ २०८१०८:१५
    एनसेलको रिटमा पूर्ण सुनुवाइका लागि जेठ २९ गतेका लागि पेशी तोकियो

    काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी तोक्न भनेको हो ।

    एनसेल आजियाटाका तर्फबाट प्रमुख कानुन, नियमन र कर्पोरेट अधिकृत रमेश घिमिरेले दायर गरेको रिटमा विपक्षी बनाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसहितको जवाफ आइसकेको भन्दै रिटलाई पूर्ण इजलासका लागि पेसी तोक्न आदेश भएको हो ।

    पूर्ण सुनुवाइका लागि यही जेठ २९ गतेको पेसी तोकिएको छ ।


    प्रतिक्रिया दिनुहोस