बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २५ २०८१०९:१०
    भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

    काठमाडौँ । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

    यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो ।

    राष्ट्रपतिसँग भेटपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’ शुक्रबार  एनडीए नेताहरूले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । राष्ट्रपतिलाई बुझाएको पत्रमा नरेन्द्र मोदी संसदीय दलको नेतामा निर्वाचित भएको उल्लेख गरिएको छ ।

    मोदीले आइतबार प्रधानमन्त्रीको शपथ लिने भएका छन् । 


    प्रतिक्रिया दिनुहोस