बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १५ २०८०१२:२४
    गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ ।

    आधार शिविरबाट फर्कने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत आज बिहान पोखरामा ल्याइएको थियो ।

    ढुङ्गाना लाई ९ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

    हेलिकप्टरमार्फत गत आइतबार आधार शिविर पुग्नुभएका ढुङ्गानालाई पैदल फर्कने क्रममा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ ।

    उनी कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए ।

    महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए ।

    गुटेरेसको सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको थियो ।


    प्रतिक्रिया दिनुहोस