शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः कुन-कुन ठाउँमा छ वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • शनिबार, जेठ २६ २०८१०६:२४
    आजको मौसमः कुन-कुन ठाउँमा छ वर्षाको सम्भावना ?

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

    विभागले दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

    काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अपराह्नतिर छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।  

    विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    पछिल्लो २४ घण्टामा काठमाडौंमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । विभागका अनुसार ललितपुरको खुमलटारमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् लामिछानेका अनुसार खुमलटारमा ३०.७ मिलिमिटर वर्षा भएको छ । कीर्तिपुरमा १२.२, बबरमहलमा ७.६, बूढानीलकण्ठमा २.४ मिलिमिटर वर्षा भएको छ । 

    हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस