बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतको नयाँ सरकारमा यस्तो छ भागबन्डा


    हुलाक प्रेस

    • शनिबार, जेठ २६ २०८१०८:१९
    भारतको नयाँ सरकारमा यस्तो छ भागबन्डा

    काठमाडौं । भारतीय लोकसभा (संसद्‌) मा अल्पमतमा रहे पनि नयाँ सरकारमा भारतीय जनता पार्टी (भाजपा) को पुरानो हैसियत कायम रहनेछ । 

    सत्ता गठबन्धन एनडीएका घटक दलहरूको बैठकबाट यस्तै संकेत प्राप्त भएको भारतीय अनलाइन पत्रिका अमरउजालाले जनाएको छ । 

    उक्त पत्रिकाका अनुसार भाजपा अध्यक्ष जेपी नड्डाको निवासमा वरिष्ठ नेता अमित शाहको उपस्थितिमा भएको एनडीए बैठकमा टीडीपीलाई तीन, जेडीयूलाई दुई र एलजेपी, एनसीपी, शिवसेना, जनतालाई एक/एक मन्त्री पद दिने सहमति भएको छ । 

    शाहले प्रमुख दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । जेडीयूसँग भएको बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारका अलावा सञ्जय झा र ललन सिंह पनि उपस्थित थिए । चन्द्रबाबु नायडूसँग दुई सांसद पनि थिए भने अजित पवारसँगै प्रफुल्ल पटेल पनि थिए। पवन कल्याण र चिराग पासवानसँग छुट्टाछुट्टै भेटे । 

    स्रोतका अनुसार टीडीपीका लागि एक क्याबिनेट र दुई राज्यमन्त्री र जेडीयूका लागि एक क्याबिनेट र एक राज्यमन्त्रीको प्रस्तावमा सहमति भएको छ । एलजेपी, शिवसेना र एनसीपीले एक–एक जना क्याबिनेट मन्त्री पाउनेछन् । यसबाहेक जनकल्याण पार्टीलगायत साना दलले एक–एक राज्यमन्त्री पाउनेछन्। मन्त्रालयको टुंगो भने आइतबार शपथ खाने दिन वा पछि लगाइने बताइएको छ । 


    प्रतिक्रिया दिनुहोस