शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने 


    हुलाक प्रेस

    • आइतबार, जेठ २७ २०८१०१:४२
    आँबुखैरेनी–मुग्लिन सडक तीन घण्टा बन्द हुने 

    तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो । 
       
    हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञावलीले बताए ।

    पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त कार्यालयले अनुरोध पनि गरेको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #road
  • प्रतिक्रिया दिनुहोस