शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आजको मौसमः बागमतीसहित यि प्रदेशमा दिउँसो पानी पर्ने सम्भावना


    हुलाक प्रेस

    • सोमबार, जेठ २८ २०८१०७:४२
    आजको मौसमः बागमतीसहित यि प्रदेशमा दिउँसो पानी पर्ने सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । विभागले राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस