काठमाडौँ । प्रहरीले कक्षा १२ को प्रश्नपत्र आउट गराएको आरोपमा डिल्लीबजारस्थित टाइम्स कलेजका शिक्षक सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टाइम्स इन्टरनेशनल कलेजका शिक्षक बागलुङ घर भएका केशव घिमिरे र पाल्पा रिडिकोट घर भएका २४ वर्षीय विकाश ज्ञवाली छन् । ज्ञवाली ट्युसन पढाउँछन् । आधा घण्टा अघि प्रश्नपत्र आउट गरेपछि ह्वाट्स एप ग्रुपमा हेरेर विद्यार्थीहरू परीक्षा हलमा प्रवेश गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
वैशाख १४ देखि २६ सम्म सञ्चालित परीक्षामा उनीहरुले ह्वाट्स एपमा ग्रुप बनाएर प्रश्नपत्र आउट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।