शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • महानगरले १३ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा ताला लगायो


    हुलाक प्रेस

    • मंगलबार, जेठ २९ २०८१०८:०३
    महानगरले १३ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा ताला लगायो

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ७ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।

    ताला लगाइएका विद्यालयहरुमा जेपि स्कूल, ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए । यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालयका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालयका १२ वटा, जनकल्याण माध्यमिक विद्यालयका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालयका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । 

    विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो ।  


    प्रतिक्रिया दिनुहोस