बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • करिब डेढ सय कानुन व्यवसायीलाई वरिष्ठ  अधिवक्ताको उपाधि प्रदान गर्न सिफारिस


    हुलाक प्रेस

    • बुधबार, जेठ ३० २०८१०९:३९
    करिब डेढ सय कानुन व्यवसायीलाई वरिष्ठ  अधिवक्ताको उपाधि प्रदान गर्न सिफारिस

    काठमाडौँ । सर्वोच्च अदालतले दिँदै आएको वरिष्ठ अधिवक्ताको उपाधि दिने सम्बन्धी सूची समितिले फुलकोर्टमा पेश गरेको छ ।  

    सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा प्रस्तावित वरिष्ठ अधिवक्ताहरूको सूची पेस भएको र अव छलफल सुरु हुने छ । 

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले सिफारिस समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    वरिष्ठ अधिवक्ताको उपाधि दिनका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले  विभिन्न आधार र मापदण्ड हेरी वरिष्ठ अधिवक्ताको उपाधि दिन सकिने सम्भावित कानुन व्यवसायीको सूची तयार गरेको थियो । उक्त समितिका सदस्य सचिवका हैसियतले मुख्य रजिस्ट्रार ढकालले प्रतिवेदन प्रस्तुत गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । 

    राउत नेतृत्वको समितिले करिब डेढ सय कानुन व्यवसायीलाई वरिष्ठ  अधिवक्ताको उपाधि प्रदान गर्न सिफारिस गरेको छ । 

    वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ ।


    प्रतिक्रिया दिनुहोस