शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सिंहदरबारका क्यान्टिनबाट चार बालश्रमिकको उद्धार


    हुलाक प्रेस

    • बुधबार, जेठ ३० २०८११०:१०
    सिंहदरबारका क्यान्टिनबाट चार बालश्रमिकको उद्धार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रका क्यान्टिनमा काममा लगाइएका बालश्रमिकको उद्धार गरेको छ । महानगरकाे सामाजिक विकास विभाग र नगर प्रहरीको टोलीले चारजना बालबालिकाको उद्धार गरेको हो । 

    उद्धार गरिएका चारैजना बालबालिका सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा काममा लगाइएका थिए । टोलीले सेन्ट्रल क्यान्टिनबाट दुईजना बालिका, उद्योग मन्त्रालयको क्यान्टिनबाट एक बालक र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट एक बालक गरी चारजना बालबालिकाको उद्धार गरेको जनाएकाे छ । 

    उद्धार गरिएका बालबालिकालाई बाल संरक्षण गृहमा राखिएको महानगरले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस