शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आज दिनभरको मौसम ?


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३१ २०८१०७:४६
    कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । पूर्वी नेपालमा मनसुनी प्रणालीको प्रभाव रहँदा कोसी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।  

    जल तथ मौसम विज्ञान विभागका अनुुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    हाल पूर्वी नेपालमा मनसुनी प्रणालीको तथा बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायु प्रभाव छ । यस्तै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


    प्रतिक्रिया दिनुहोस