काठमाडौं । दक्षिण कुवेतको मंगाफ सहरको कामदार बस्ने ६ तले भवनमा भएको आगलागीमा नेपाली पनि परेका छन् । तर, नेपालीहरू भागेर ज्यान बचाउन सफल भएका छन् ।
पाँच नेपाली झ्यालबाट भागेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । भाग्ने क्रममा तीन नेपाली कामदार घाइते भएका छन् । उनीहरूको अहिले अल अदान अस्पतालमा उपचार भइरहेको छ ।
दूतावासले आगलागीमा परी मृत्यु हुने वा घाइते हुनेमा अन्य नेपाली कामदार छन् कि छैनन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।