बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३१ २०८१०८:५१
    रुसी आक्रमणमा युक्रेनमा  ६ जनाको मृत्यु

    किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित रुसी आक्रमणमा ६ जना मारिएको बुधबार बताएका छन् । 

    आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, “क्रिवी रिगमा रुसी मिसाइल आक्रमण । अहिलेसम्म छ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् ।”

    उनले घटनास्थलमा आपत्कालीन सेवाहरूले लिएका भिडियो फुजेट पोस्ट गरेका छन् । फुटेजमा उद्धारकर्मीहरूले भत्किएको भवनबाट धुवाँ निस्किरहेको देखाउँदै जीवितहरूलाई खोज्न भग्नावशेषमा देखाइएको छ । 

    जेलेन्स्कीले आफ्नो पोस्टमा युक्रेनका सहयोगीहरूसँग रुसी हवाई आक्रमणबाट बच्नका लागि अत्याधुनिक हवाई बेट्रीहरूको आपूर्ति बढाउन आह्वान गरेका छन् । - (रासस/एएफपी)


    प्रतिक्रिया दिनुहोस