शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३१ २०८१०९:११
    रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं । रुपन्देहीको बुटवलमा कार सडकबाट खस्दा तीन जनाको मृत्यु भएको छ । 

    गएराति साढे आठ बजे बुटवल-१३ नुवाकोटगढी भ्युटावर नजिकै कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । 

    दुर्घटनामा स्याङ्जाको पुलतीबजार घर भइ बुटवल- १० बस्ने कार चालक करिब ४६ वर्षीय रामप्रसाद शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा- ३ कै ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको डीएसपी पण्डितले जानकारी दिए ।

    दुर्घटनामा बुटवल- ९ मिलनचोक घर भएका ५६ वर्षीया चन्दा श्रेष्ठ र बुटवल- ११ कि ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् ।


    प्रतिक्रिया दिनुहोस