काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएकी छन् ।
बाँकेको खजुरा गाउँपालिका-४ की २५ वर्षीया सुनार कार्यलयको महिला शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेकी मधेस प्रदेश प्रहरीका एसएसपी मनोज यादवले जानकारी दिए् ।
सुनारको शव झुण्डिएको अवस्थामा भेटिएपछि उनको परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
कार्यालयभित्र कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । उनका परिवार आएपछि शव निकाल्ने एसएसपी यादवले जानकारी दिए ।