शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कस्तो रहला आज दिनभरको मौसम ?


    हुलाक प्रेस

    • शनिबार, असार १ २०८१०७:२७
    कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    यतिबेला (शनिबार बिहान) कोसी प्रदेशमा साधारणतया बदलीको अवस्था छ । मधेस  र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    अहिले कोसी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम  वर्षा भइरहेको छ ।

    आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ ।

    दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 


    प्रतिक्रिया दिनुहोस