शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध


    हुलाक प्रेस

    • सोमबार, असार ३ २०८१०७:३४
    पहिरोले मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

    भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।     

    सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । 

    उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । रासस


    प्रतिक्रिया दिनुहोस