शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालन


    हुलाक प्रेस

    • सोमबार, असार ३ २०८१०८:५७
    पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालन

    मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । 

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको  जानकारी दिए । 

    राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । रासस


    प्रतिक्रिया दिनुहोस