काठमाडौँ । केही दिन अघि नेपाल भित्रिएको मनसुन अहिले देशभर सक्रिय हुने क्रममा छ। पूर्वी भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिमतर्फ सर्दै आएको छ ।
सक्रिय मनसुनी प्रणालीका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइ कतिपय स्थानमा चट्याङसहित वर्षा भइरहेको छ ।
अहिले गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।