बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


    हुलाक प्रेस

    • मंगलबार, असार ४ २०८१११:०४
    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौं । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार पनि छापावाल सुन प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार तेजाबी प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 


    प्रतिक्रिया दिनुहोस