बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य १० डलरले बढ्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • बुधबार, असार ५ २०८१०९:२१
    सुनको मूल्य १० डलरले बढ्यो,  कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.४३ प्रतिशत अर्थात १० डलरले बढेको छ ।  

    यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३३०.९१ डलर पुगेको छ ।  

    सुनको मूल्य बढेतापनि चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.०४ प्रतिशत अर्थात ०.०१ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.५ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


    प्रतिक्रिया दिनुहोस